आज देशभर वर्षाको सम्भावना , सतर्कता अपनाउन आग्रह

 संवाददाता    २०८२, १५ बैशाख सोमबार १३:३२     115 जनाले पढ़िसके



Spread the love

आज सोमबार देशैभर वर्षा हुने सम्भावना देखिएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबै नागरिकलाई सुझाव दिएको छ।

महाशाखाले जारी गरेको सूचनाअनुसार आज कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका केही ठाउँ र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना देखिएको हो।

सूचनामा अगाडि भनिएको छ: कोसी प्रदेशका एक-दुई ठाउँमा भने भारी वर्षा पनि हुने सम्भावना छ। हिमाली क्षेत्रका पनि थोरै ठाउँमा हल्का हिउँ/पानी पर्ने देखिन्छ। सतर्क रहनुहोला।

हेर्नुहोस् मौसम महाशाखाले जारी गरेको २४ घण्टाको अनुमान: