पूर्वाधारमन्त्री सुनिल लम्सालका यातायात विज्ञ सल्लाहकार अनुकूल निधीको गाडीले सिंहदरबारभित्रै आफूलाई ठक्कर दिएको राष्ट्रिय सभा सदस्य राजेन्द्रलक्ष्मी गैरेले बताएकी छन्।
घटनाबारे जानकारी गराउँदा पनि सल्लाहकार निधी सम्पर्कमा नआएको उनले बताएकी छन् । नेकपा सांसद गैरेले आफूलाई लडाएर भागेको गाडी मन्त्रीका सल्लाहकार रहेको पुष्टि भएको बताइन् ।
गैरेका अनुसार शुक्रबार पूर्वाधार मन्त्रालयअगाडि जेब्रा क्रसिङबाट बाटो काट्ने क्रममा मन्त्रीका सल्लाहकारको गाडीले उनलाई ठक्कर दिएको थियो। ठक्करबाट आफू भुइँमा लडेको उनले बताएकी छन्
‘मन्त्रालयअघि जेब्रा क्रसिङमा म बाटो काट्दै थिएँ, हात पनि दिएको थिएँ,’ गैरेले भनिन्, ‘तैपनि मलाई गाडीले ठक्कर दियो, भुइँमा लडेँ।’
बाहिरी चोट नदेखिए पनि शरीरमा दुखाइ भइरहेको उनको भनाइ छ । घटनाबारे उनले राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाललाई समेत जानकारी गराएकी छन्।
गैरेले ठक्कर दिने गाडी मन्त्रीका यातायात विज्ञ सल्लाहकार अनुकूल निधिको भएको दाबी गरेकी छन् । तर, घटनाबारे निधीसँग कुरा गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।
निधी प्रधानमन्त्री बालेन्द्र शाह काठमाडौं महानगरपालिकाको मेयर भएका बेलादेखि नै बालेन र सुनिलको टीममा रहेका इन्जिनियर हुन् । अनुकुल कांग्रेस नेता विमलेन्द्र निधीका कान्छो छोरा हुन् ।