एसीसी यू-१९ एसिया कप अन्तरगत नेपालले आफ्नो पहिले म्याच शक्तिशाली भारतविरुद्ध खेल्दैछ । भारतले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दियो ।
ओमानमा भइरहेको यो प्रतियोगितामा नेपालको कप्तानी विपिन शर्माले गरेका छन् । उनी नेपाल प्रिमियर लिग (एनपीएल) छोडेर यू १९ एसिया कप खेल्न आएका हुन् ।
दुई समूहमा विभाजन गरेर खेलाइएको प्रतियोगितामा नेपाल समूह ए मा छ ।
यो समुहमा नेपाल र भारतसँगै पाकिस्तान र यूएई पनि रहेका छन् । अर्को समूहमा श्रीलंका, बंगलादेश, अफगानिस्तान र मलेसिया छन् ।
यो समाचार लेख्दासम्म नेपालले एक विकेट गुमाएर ३ रन जोडेको छ । नेपालका ओपनर प्रसिद्ध जैशी ७ बलमा १ रन बनाएर आउट भएका छन् । अहिले क्रिजमा निरजकुमार यादव र सुर्यांसु कोइराला छन् ।