भारी हिमपातका कारण शेफोक्सुण्डो गाउँपालिका–८ डोल्पास्थित दानीगढमा फसेका भारतीय पर्यटकको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।
सोमबार बिहान ६ जना भारतीय पर्यटकलाई हेलिकोप्टरबाट उद्धार गरेर सकुशल सदरमुकाम दुनै ल्याइएको हो।
डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार शेफोक्सुण्डो तालको अवलोकन यात्रा सकेर थप अपर डोल्पाको यात्रामा हिँडेका ६ जना भारतीय पर्यटक केही दिनदेखिको भारी हिमपातका कारण दानीगढमा फसेका थिए।
उद्धार हुनेमा मोमिता हाल्डर, पियाली कोले, जाजला ट्रिभ्ड कुमार, आदित्य सिहां, डिप्लिना विश्वास र राजेश डी छन्।
उनीहरूलाई आइतबारै उद्धार गर्ने प्रयास भए पनि प्राविधिक समस्याका कारण हुन नसकेको स्थानीय प्रशासनले जनाएको छ।