राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् ।
राष्ट्रपतिको सचिवालयका अनुसार शीतल निवासमा आज भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको छ ।
अहिले विपक्षी दलहरूले संसद बैठक आव्हानका लागि सरकारलाई दबाब दिइरहेका छन् । सरकार एकपछि अर्को अध्यादेश ल्याउने बाटोमा लागिरहेको बेला राष्ट्रपति र सभामुखबीच यो भेट भएको हो ।