कोसी लगानी सम्मेलन : शोकेस भयो ३२ अर्ब लागतको ‘ग्रिन हाइड्रोजन एन्ड केमिकल फर्टिलाइजर प्रोजेक्ट’

 संवाददाता    २०८२, १८ बैशाख बिहीबार १२:१८     232 जनाले पढ़िसके



Spread the love

कोशी प्रदेशमा आजदेखि सुरु हुने लगानी सम्मेलनमा ३२ अर्ब लागतको ग्रिन हाइड्रोजन एन्ड केमिकल फर्टिलाइजर प्रोजेक्ट शोकेस गरिएको छ।

सुनसरीमा उद्योग खोल्ने गरी सम्मेलनमा आयोजना शोकेस गरिएको हो।

काठमाडौं विश्वविद्यालयका हाइड्रोजन परियोजना प्रमुख डा. विराजसिंह थापाले ग्रिन हाइड्रोजन र युरिया मल उत्पादनको लागि हस्ताक्षर हुने बताए।

हस्ताक्षरसँगै आयोजनामा लगानी गर्ने साझेदार टुंगिने उनको भनाइ छ। प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रममा पौने २ खर्बका परियोजना शोकेस गरिएको छ।

नयाँ परियोजनाको रुपमा हाइड्रोजन र युरियाको उद्योग खोल्ने परियोजना छ।

उद्योग निर्माणका लागि ६ वर्षको समय लाग्नेछ भने सार्वजनिक निजी साझेदारीमार्फत आयोजना बन्ने उल्लेख गरिएको छ।

विश्वमा सन् २०५० सम्म २२ प्रतिशत ऊर्जा ग्रिन हाइड्रोजन हुने बताइएको छ। उद्योगले ग्रिन हाइड्रोजन र युरिया लगायतका केमिकल उत्पादन गर्नेछ।