दानबहादुर कार्कीको रिटमाथि कहिले हुन्छ सुनुवाइ ?

 संवाददाता    २०८३, २१ कार्तिक शुक्रबार १३:२२     28 जनाले पढ़िसके



Spread the love

प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारीसहित प्रहरी महानिरीक्षकबाट बर्खास्त गरिएका दानबहादुर कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिट दर्ता भएको छ ।

कार्कीले रिटमा आफूलाई गैरकानूनी तवरले जिम्मेवारीबाट हटाइएको भन्दै पुनर्वहालीको माग गरेका छन् । कार्कीको तर्फबाट कानूनी प्रतिरक्षामा सहयोग गरिरहेका अधिवक्ता टीकाबहादुर कुँवरले रिट दर्ता भए पनि पेसी निश्चित नभएको बताए ।

सामान्यतया रिट दर्ता भएको भोलिपल्टदेखि उक्त मुद्दाको पेसी तोक्ने प्रचलन छ । तर, शनिबारदेखि २५ गते बुधबारसम्म तिहार बिदा भएका कारण तिहारपछि मात्रै कार्कीको रिटउपर पेसी तोकिने सर्वोच्च अदालत स्रोतले जनाएको छ ।