हिमालयन लाइफले घोषणा गर्‍यो १४ प्रतिशत बोनस, कर सेयरधनी आफैले तिर्नुपर्ने

 संवाददाता    २०८१, ६ माघ आईतवार १२:१६     118 जनाले पढ़िसके



Spread the love

हिमालयन लाइफ इन्स्योरेन्सले सेयरधनीलाई १४ प्रतिशत लाभांश दिने भएको छ।

माघ ४ गते बसेको कम्पनीको संचालक समित बैठकले १४ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको हो।

हाल हाल ८ अर्ब २ करोड ३ लाख ८६ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले सेयरधनीलाई १ अर्ब १२ करोड २८ लाख ५३ हजार रुपैयाँको बोनस दिने भएको हो।

बोनस सेयरमा लाग्ने कर रकम भने लगानीकर्ताहरुले आफैं तिर्नुपर्ने भएको छ।

कम्पनीले प्रस्ताव गरेको लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत हुन र र कम्पनीको वार्षिक साधारण सभाले पारित गर्न बाँकी छ।