आज सुनचाँदीकै मूल्य उच्चदरमा बढेको छ।
बिहीबार सुनको भाउ तोलामा १३ हजार ३ सय रुपैयाँ बढेर २ लाख ८८ हजार ९ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बुधबार सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढेर २ लाख ७५ हजार ६ सय कायम भएको थियो।
मंगलबार सुनको भाउ तोलामा ७ सय रुपैयाँ र सोमबार तोलामा २ हजार ३ सय रुपैयाँ बढेको थियो।
गत आइतबार सुनको भाउ तोलामा ८ हजार ३ सय रुपैयाँ घटेको थियो भने त्यसअघिका चार दिनमा सुनको भाउ ५ हजार रुपैयाँ बढेको थियो।
यही कात्तिक ८ गते भने सुनको भाउ तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको थियो। सुनचाँदीको भाउमा विगत केही समययता निरन्तर उतारचढाव हुँदै आएको छ।
त्यसैगरी आज चाँदीको भाउ पनि बढेको छ।
चाँदीको भाउ आज तोलामा २ सय ६५ रुपैयाँ बढेर ३ हजार ९ सय २० रुपैयाँ पुगेको छ। हिजो चाँदीको भाउ ३ हजार ६ सय ५५ रुपैयाँ थियो।