हिजो तोलामा १३ हजार ३ सय रुपैयाँ बढेको सुनको मूल्यमा आज फेरि पहिरो गएको छ।
सुनको मूल्य आज तोलामा ५ हजार ९ सय रुपैयाँ घटेर २ लाख ८३ हजारमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बिहीबार सुनको भाउ तोलामा १३ हजार ३ सय रुपैयाँ बढेर २ लाख ८८ हजार ९ सय पुगेको थियो।
बुधबार सुनको भाउ तोलामा ६ सय, मंगलबार ७ सय र सोमबार तोलामा २ हजार ३ सय रुपैयाँ बढेको थियो।
अघिल्लो साताको आइतबार भने सुनको भाउ तोलामा ८ हजार ३ सय रुपैयाँ घटेको थियो भने त्यसअघिका चार दिनमा सुनको भाउ ५ हजार रुपैयाँ बढेको थियो।
यही कात्तिक ८ गते भने सुनको भाउ तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको थियो। सुनचाँदीको भाउमा विगत केही समययता निरन्तर उतारचढाव हुँदै आएको छ।
त्यसैगरी आज चाँदीको भाउ पनि घटेको छ।
चाँदीको भाउ आज तोलामा ९० रुपैयाँ घटेर ३ हजार ८ सय १० रुपैयाँमा झरेको छ। हिजो २ सय ६५ रुपैयाँ बढेर चाँदीको भाउ ३ हजार ९ सय २० रुपैयाँ पुगेको थियो।