एकैदिन तोलामा १७ सय रूपैयाँले घट्यो सुनको मूल्य

 संवाददाता    २०८१, ४ पुष बिहीबार ११:४०     67 जनाले पढ़िसके



Spread the love

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। अघिल्लो कारोबार दिन बुधबार प्रतितोला ७०० रूपैयाँले घटेको सुनको मूल्य आज प्रतितोला १७०० रूपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार सात सय रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ।

बुधबार प्रतितोला एक हजार आठ सय ३५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला एक हजार सात सय ८० किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५५ रूपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ११ अमेरिकी डलरमा कारोबार भइरहेको छ।