रिचार्ज कार्ड आपूर्तिमा देखिएको समस्या समाधान भइसक्यो : नेपाल टेलिकम

 संवाददाता    २०८१, १८ मंसिर मंगलवार १२:४१     101 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । विगत केही दिन देखि विविध कारणले आपूर्तिकर्ताले समयमा आपूर्ति गर्न नसकेको कारण नेपाल टेलिकमका रिचार्ज कार्डहरु बजारमा सहज रुपमा उपलब्ध हुन नसकेकोमा हाल उक्त समस्या समाधान भइसकेको नेपाल टेलिकमले जानकारी दिएको छ । पूर्ववत रिचार्ज कार्डहरु बजारमा उपलब्ध भैसकेको बताउँदै टेलिकमले ग्राहकहरुमा पर्न गएको असुविधाप्रति कम्पनीले क्षमा मागेको हो ।

रिचार्ज कार्डको सहज रुपमा आपूर्ति हुन नसकेको अवस्थामा पनि ग्राहकवर्गले रिचार्ज कार्डको विकल्पको रुपमा रहेका मोबाइल प्वान्ट अफ सेल (एमपीओएस) र नमस्ते पे, ईसेवा, खल्ती, आईएमईपेलगायतका डिजिटल वालेटहरु प्रयोग गरी प्रिपेड तथा पोष्टपेड मोबाइल रिचार्ज गरिरहेको कम्पनीको भनाई छ । ’रिचार्ज कार्डको अभावको कारणले कम्पनीको व्यापार र राजश्वमा कुनै नकारात्मक प्रभाव नपरेको टेलिकमले स्पष्टिकरण दिएको छ ।