७० अंकले बढेको नेप्से २९ सयको विन्दु पार

 संवाददाता    २०८१, २८ श्रावण सोमबार २०:५४     105 जनाले पढ़िसके



Spread the love

लगातार उकालो लागिरहेको नेप्से सोमबार दोहोरो अंकले बढेर २९ सयको विन्दु पार गरेको छ। नेप्से परिसूचक ७०.८१ अंकले बढेर दुई हजार ९३१.६५ विन्दुमा कारोबार बन्द भएको छ। आज सेन्सेटिभ इन्डेक्स र फ्लोट इन्डेक्स पनि दुई प्रतिशतभन्दा धेरैले बढेका छन्।

३३९ कम्पनीका ६ करोड ४८ लाख ७६ हजार कित्ता सेयर कारोबार हुँदा २७ अर्ब २४ करोड २० लाख ३४ हजार रुपैयाँबराबरको कारोबार भएको छ। यसअघि आइतबार कारोबार रकमले बनाएको कीर्तिमानी आजको कारोबारले पुनः तोडेको छ।

नेप्सेका १३ उपसमूहमध्ये लगानी र उत्पादन तथा प्रशोधनबाहेक सबै उपसमूहको सूचक बढेका छन् । लगानी ०.१९ प्रतिशत र उत्पादन तथा प्रशोधन १.१९ प्रतिशतले घटेको छ। जीवन बिमा उपसमूह सर्वाधिक ५.८५ प्रतिशतले बढ्दा व्यापार र वित्त चार प्रतिशतभन्दा धेरैले बढेको छ।

१० कम्पनीको मूल्यमा सकारात्मक सर्किट लाग्दा कुथेली बुखारी स्मल हाइड्रोपावरको मूल्यमा नकारात्मक सर्किट लागेको छ।