नेप्सेमा १०८.३५ अंकको वृद्धि, सेयर बजारमा उत्साह

 संवाददाता    २०८१, २३ श्रावण बुधबार २१:३३     90 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । हिजो (मंगलबार )एकदिनको करेक्सनपछि बुधबार नेप्से सूचक १०८.३५ अंकले बढेको छ । सूचक वढसँगै २७५९.६७बिनदुमा पुगेको हो ।
यस दिन १९ अर्ब ९५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ र सबै समूहका सूचकमा वृद्धि देखिएको छ । डेढ दर्जन कम्पनी ९ प्रतिशतभन्दा माथि बढेका छन्।

हिमालयन रिइन्सुरेन्सको १ अर्ब ५३ करोडको कारोबारसहित अग्रस्थानमा छ भने नेपाल फाइनान्स र सानिमा माई हाइड्रोपावर क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।