काठमाडौं । मंगलबार सेयर बजारमा भारी गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा यस दिन बजारको परिसूचक नेप्से १४५ अंक अर्थात् ५.१८ प्रतिशतले घटेको हो ।
सो गिरावटपछि नेप्से २६५१ अंकमा कायम भएको छ । सेयर बजार भारी अंकमा घटेकै दिन कारोबार रकमले भने नयाँ रेकर्ड बनाएको छ । यस दिन २३ अर्ब ७१ करोडको कारोबार भएको छ । यसअघि गत बुधबार २१ अर्ब ९१ करोडको उच्च रेकर्ड बनेको थियो ।
सबै क्षेत्रका सूचक घटेका छन् । बैंकिङ ६.०६, विकास बैंक ५.४३, फाइनान्स ८.२७, होटल तथा पर्यटन ८.०३, हाइड्रोपावर ४.७, लगानी ६.३, जीवन बीमा ६.३, उत्पादन ४.७, माइक्रोफाइनान्स ३.८, निर्जीवन बीमा ५, अन्य १.३ तथा ब्यापार समूह ५.८ प्रतिशत घटे ।