आज पनि घट्याे नेप्से, चार अर्ब २१ करोडकाे काराेबार

 आर्थिक खबर     १७ जेष्ठ २०८१, बिहीबार १८:३१     13 जनाले पढ़िसके



Spread the love

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १९.८९ अंकले ओरालो लागेर दुई हजार ६९.५३ मा सीमित भएको छ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.९० अंकले ओरालो लागेर तीन सय ७०.१९ मा सीमित भएको छ। कुल ९८ लाख ६४ हजार चार सय ८२ कित्ता सेयर रु. चार अर्ब २१ करोड ७४ लाख ९४ हजार एक सय ९५ मूल्यमा कारोबार भएको हो।

नेप्सेका अनुसार नेपाल फाइनान्स, अप्पर लाहुरेखोला हाइड्रोपावर, भगवती हाइड्रोपावरको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। मनकामना इन्जिनियरिङ ९.९८ र युनिलिभर नेपालका लगानीकर्ताले ९.५० प्रतिशतले कमाएका छन्।

पोखरा फाइनान्स १०, कालिञ्चोक दर्शन ७.०८, बाराही हाइड्रोपावर ६.७४, नेपाल वेयरहाउस कम्पनी ५.९६ र कालिका लघुवित्तका लगानीकर्ताले ५.८२ प्रतिशतले गुमाएका छन्।