आज सुनचाँदीको मुल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

 आर्थिक खबर     १० जेष्ठ २०८१, बिहीबार १२:११     10 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । आज बिहीबार स्थानीय बजारमा सुनको मूल्य ह्‌वात्तै घटेर कारोबार सुरु भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बुधवारको तुलनामा तोलामा १ हजार ८०० रुपैयाँले सुनको मूल्य घटेको हो ।

हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख ४० हजार ५०० रुपैयाँ थियो । यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख ३९ हजार ८०० थियो । आज घटेसँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ३८ हजार ७०० र तेजावी सुनको मूल्य तोलामा १ लाख ३८ हजार ५० रुपैयाँ कायम भएको छ ।

यसैगरी आज चाँदीको मूल्य ३५ रुपैयाँले घटेको छ । हिजो तोलामा १९ सय कायम रहेको चाँदी आज १८ सय ६५ रुपैयाँ कायम छ ।