हरेक दिन रेकर्ड तोड्दै सुनको मूल्य, चाँदी तोलाकै २ हजार रुपैयाँ नजिक

 आर्थिक खबर     ७ जेष्ठ २०८१, सोमबार १३:५०     7 जनाले पढ़िसके



Spread the love

काठमाडौं । सुनको मूल्यले नेपाली बजारमा दिनहुँ रेकर्ड बनाइरहेको छ ।

आइतबार तोलाको १ लाख ४० हजार ९ सय रूपैयाँ कायम भएर रेकर्ड बनाएको छापावाल सुनको मूल्यले सोमबार फेरि रेकर्ड बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अुनसार आज छापावाल सुनको मूल्य तोलामा ९ सय रूपैयाँले बढेर तोलाको १ लाख ४१ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुनको मूल्य तोलाको १ लाख ४१ हजार १ सय रूपैयाँ कायम भएको छ ।

यस्तै, सोमबार चाँदीको मूल्य तोलामा ३० रूपैयाँले बढेर प्रतितोला १ हजार ९ सय ४० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।