बिहाको लगन नजिकिंदै गर्दा सुनको मूल्यले कीर्तिमान राख्यो

 सुनचाँदी     २६ चैत्र २०८०, सोमबार १२:००     36 जनाले पढ़िसके



Spread the love

काठमाडौं । सुनको भाउ आकासिने क्रम रोकिएको छैन । सोमबार पनि नेपाली बजारमा सुनको मूल्यले फेरी कीर्तिमानी उचाई बनाएको छ । बिहाको सिजन नजिकिंदै गर्दा सुनको बजार महंगो हुंदा नेपाली घरपरिवार यसले प्रभावित बन्ने पक्का भएको छ।

आइतबार ऐतिहासिक रेकर्ड कायम गरेको सुनको भाउ आज पनि ६०० रुपैयाँले बढेको छ । योसँगै छापावाला सुनको भाउ १ लाख ३६ हजार २०० रुपैयाँ कायम भएको छ । जुन हालसम्मकै उच्च हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ भने १ लाख ३५ हजार ५५० रुपैयाँ तोकिएको छ ।