आज केही ओरालो लाग्यो सुनको मुल्य

 आर्थिक खबर     २०८०, ९ चैत्र शुक्रबार १३:५०     79 जनाले पढ़िसके



Spread the love

काठमाडौं । बिहीबार हालसम्मकै उच्च मूल्यमा पुगेको सुन शुक्रबार तोलामा १ हजार ३ सय रुपैयाँ घटेको छ । बिहीबार तोलामा १ लाख २७ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार १ लाख २६ हजार ५ सय रुपैयाँमा झरेको छ ।

त्यस्तै चाँदीको मूल्य पनि शुक्रबार तोलामा ५५ रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको १ हजार ५५५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १ हजार ५ सय रुपैयाँमा झरेको छ ।