नेप्से सामान्य अंकले गिरावट, साढे तीन अर्बमाथिकाे कारोबार

 आर्थिक खबर     ६ चैत्र २०८०, मंगलवार १६:५४     39 जनाले पढ़िसके



Spread the love

नेप्से परिसूचकमा सामान्य अंकको गिरावट आएको छ। आज नेप्से परिसूचक ६.२४ अंकले घटेर दुई हजार ६७.२९ को अंकमा कायम भएको हो।

आज तीन सय सात कम्पनीका ९४ लाख ७८ हजार नौ सय ३३ कित्ता सेयर ६३ हजार आठ सय एकपटक खरिद–बिक्री हुँदा रु. तीन अर्ब ६३ करोड ३९ लाख ३६ हजार पाँच सय ५४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

वित्त समूह २.१०, जीवन बिमा समूह ०.०६ र लघुवित्त समूह २.०३ अंकले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ। आज सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह १.३८ र व्यापार समूह १.३१ प्रतिशतले घटेको छ।

बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड र सर्वोत्तम सिमेन्ट लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। त्यसैगरी, धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेड ९.९९ र इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ९.४५ प्रतिशतले बढेको छ।

सबैभन्दा धेरै घट्नेमा भने सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम– २ काे ७.०८ र पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको ६.९१ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रु. २५ करोड ९७ लाख २२ हजार तीन सय ६७ बराबरको कारोबार भएको छ। कारोबार भएका सेयर संख्याका आधारमा भने लक्ष्मी इक्विटी फन्डको ५ लाख ९९ हजार छ सय ४२ कित्ता सेयर किनबेच भएको छ।