सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको स्थिर

 आर्थिक खबर     २ चैत्र २०८०, शुक्रबार १२:५९     33 जनाले पढ़िसके



Spread the love

नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु. चार सयले घटेर प्रतितोला रु. एक लाख २५ हजार चार सय कायम भएको छ। बिहीबार छापावाल सुनको मूल्य प्रतितोला रु. एक लाख २५ हजार आठ सय थियो।

त्यसैगरी, तेजाबी सुनको मूल्य पनि प्रतितोला रु. चार सयले घटेर प्रतितोला रु. एक लाख २४ हजार आठ सय कायम भएको छ। बिहीबार तेजावी सुनको मूल्य प्रतितोला रु. एक लाख २५ हजार दुई सय थियो।

बिहीबारको तुलनामा आज चाँदीको मूल्य भने स्थिर छ। आज चाँदीको मूल्य प्रतितोला रु. एक हजार पाँच सय १५ कायम भएको छ।