आज सुनको भाउमा उच्च वृद्धि

 आर्थिक खबर     २० फाल्गुन २०८०, आईतवार १२:४९     49 जनाले पढ़िसके



Spread the love

काठमाण्डौ – सुनको भाउ आज एकैदिन तोलामा दुई हजार रुपैयाँले बढेको छ । शुक्रवार एक लाख १९ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एक लाख २१ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर एक हजार चार सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।