नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार ४ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
बुधबार प्रतितोला एक सय रुपैयाँ घटेको सुनको भाउ आज प्रतितोला दुई सय रुपैयाँले बढेको हो।
बुधबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार २ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार, ६ सय ५० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, बिहीबार चाँदीको मूल्य स्थिर रहेको छ। आज चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।
