स्वदेशी/विदेशी लगानीकर्ता तर्साउन चौधरी पक्राउ : महासंघ

 #अपराध     २०८०, १८ माघ बिहीबार २०:०२     103 जनाले पढ़िसके



Spread the love

काठमाडौं। नेपालका उद्यमी, व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले व्यवसायी एवं सिजी होल्डिंग्सका अध्यक्ष अरुण चौधरीलाई पक्राउ गरेकामा ध्यानाकर्षण भएको जनाएको छ। महासंघले चौधरी पक्राउ प्रकरणले व्यवसायीबीच त्रास उत्पन्न भएको उल्लेख गरेको छ।

चौधरीलाई आज नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले पक्राउ गरेपछि महासंघले प्रतिक्रिया सार्वजनिक गरेको हो मुलुक आर्थिक समस्यासँग जुधिरहेका बेला उद्यमी व्यवसायीमाथि भइरहेको धरपकड एवं पक्राउबारे ध्यानाकर्षण भएको उद्योग वाणिज्य महासंघले बताएको छ।

महासंघले सम्बन्धित विषयको गहिरो अनुसन्धान नभएसम्म व्यवसायीलाई पक्राउ नगर्न सरकारलाई पटक–पटक आग्रह गर्दै आएको स्मरण गराएको छ। पहिले पक्राउ गर्ने र त्यसपछि समस्या पहिल्याउने प्रवृत्तिले देशको वर्तमान व्यावसायिक परिदृश्यबाट पहिले नै निराश भएका व्यवसायीलाई थप निरुत्साहित बनाएको महासंघको ठहर छ।