नेप्सेमा दोहोरो अंकको वृद्धि

 आर्थिक खबर     २०८०, १५ माघ सोमबार १५:५४     98 जनाले पढ़िसके



Spread the love

काठमाडौं– नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ । सोमबार १०.२६ अंकले बढेको सेयर बजार २१०४.७२ विन्दुमा आएर बन्द भएको छ ।

आज ३११ कम्पनीको १ करोड २३ लाख २२ हजार ७०५ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५६ करोड ६५ लाख २२ हजार २३० रुपैयाँको कारोबार भएको छ ।

१५० कम्पनीको सेयर मूल्य बढ्दा ८६ वटा कम्पनीको घटेको छ भने ११ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।