काठमाडौं। मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३०.०५ अंकले घटेको छ। अघिल्लो दिन सोमबार ८.७५ अंकले घटेको नेप्से मंगलबार भने ३०.०५ अंक अर्थात् १.४५ प्रतिशतले घटेर २ हजार ३०.१० बिन्दुमा सीमित भएको छ।
सोमबार भने नेप्से २ हजार ६०.७५ को बिन्दुमा बन्द भएको थियो। सोमबारको तुलनामा आज कारोबार रकममा पनि गिरावट आएको छ। आज नेप्सेमा कारोबारमा आएका कम्पनीको १ करोड ११ लाख ८५ हजार ७ सय १२ कित्ता सेयर खरिद–बिक्री हुँदा कुल ४ अर्ब ४ करोड ४६ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
सोमबार भने कुल नेप्सेमा कारोबारमा आएका कम्पनीको १ करोड १८ लाख ९२ हजार ५ सय ५९ कित्ता सेयर खरिद–बिक्री हुँदा ४ अर्ब ४८ करोड ३९ लाख ८२ हजार रुपैयाँ बढीको कारोबार भएको थियो। आज कारोबार भएकामध्ये ३७ कम्पनीको सेयर मूल्य बढेको छ भने २ सय ५ कम्पनीको सेयर मूल्य घटेको छ। यस्तै ३ कम्पनीको सेयर मूल्य स्थिर छ।
मंगलबार चिर्खुवा हाइड्रोपावरको १० प्रतिशत, मुक्तिनाथ कृषि कम्पनीको ९.९८ प्रतिशत, नेपाल वेयर हाउसको ९.९७ प्रतिशत र लक्ष्मी लघुवित्त वित्तीय संस्थाको ९.९६ प्रतिशतले सेयर मूल्य बढेको छ।