सुनचाँदीको मूल्य बढ्यो, कति छ बजार भाउ ?

 आर्थिक खबर     १७ पुष २०८०, मंगलवार १३:१०     31 जनाले पढ़िसके



Spread the love

काठमाडौं । आज सुन र चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा ५ सय र चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ ।

महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख २१ हजार, तेजावी सुनको मूल्य १ लाख २० हजार ४ सय र चाँदीको मूल्य १ हजार ४६० रुपैयाँ तोकिएको छ ।

सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख २० हजार ५००, तेजावी सुनको मूल्य १ लाख १९ हजार ९०० र चाँदीको मूल्य १ हजार ४५५ रुपैयाँ तोकिएको थियो ।