नेप्सेमा आजको कारोबार रकम ११ महिनायताकै उच्च, १३ कम्पनीको सेयरमूल्य ९ प्रतिशतभन्दा धरैले वृद्धि

 आर्थिक खबर     २ पुष २०८०, सोमबार १८:२८     49 जनाले पढ़िसके



Spread the love

सोमबार नेप्से परिसूचक ३८.१४ अंकले बढेको छ।

यसदिन बजार १.८८ प्रतिशतले बढेर २०६०.४९ बिन्दुमा पुगेको छ।

कारोबार रकम गत ११ महिना यतकै उच्च भएको छ। सोमबार बजारमा छ अर्ब ८६ करोड ८१ लख ७७ हजार रूपैयाँको सेयर कारोबार भएको छ।

यस अघि २०७९ पुस २६ गते ७ अर्बभन्दा बढीको कारोबार भएको थियो। सोमबार कारोबार भएको रकम त्यसयताकै उच्च हो।

यस दिन ३०५ वटा धितोपत्रको २ करोड १४ लाख ९७ हजार ६१९ कित्ता सेयर किनबेच भएको हो।

सोमबार १६५ कम्पनीको सेयर मूल्य बढेको छ भने ७२ वटाको घटेको छ। यस्तै, ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

यसदिन १३ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धरैले बढेको छ।

बोटलर्स नेपाल बालाजु, सूर्यज्योति लाइफ इन्स्योरेन्स, स्वरोजगार लघुवित्त, जीवन विकास लघुवित्त, बिपिडब्यू लघुवित्त र हाथवे इन्भेष्टमेन्टको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ।

यस्तै, मुक्तिनाथ कृषि कम्पनी, नेरुडे लघुवित्त, धैलागिरी लघुवित्त, मेरो माइक्रोफाइनान्स, जाल्पा लघुवित्त र किसान लघुवित्तको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको हो।

यसैगरी, हिमालयन पावर पार्टनरको सेयर मूल्य सर्वाधिक ७.८६ प्रतिशतले घटेको छ।

उक्त कम्पनीको सेयर मूल्य २२९ रूपैयाँ ७० पैसामा सीमित भएको छ।

यस्तै, दोल्ती पावर कम्पनीको सेयर मूल्य ६.५७ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ३०५ रूपैयाँ ५० पैसा कायम भएको छ।

सोमबार हिमाल दोलखा हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ।

उक्त कम्पनीको प्रतिकित्ता १४९ रूपैयाँ १० पैसामा २६ करोड २६ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा २.१२ प्रतिशत बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सोनापुर मिनरल्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ३९४ रूपैयाँमा २० करोड २८ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये जलविद्युत समूहको परिसूचक ०.३३ प्रतिशत घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।

यसदिन लघुवित्त समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ। उक्त समूहको परिसूचक सर्वाधिक ५.५३ प्रतिशतले बढेको छ।