शेयर बजारमा ३६.८६ अंकको वृद्धि, कारोबार रकम ४ अर्ब ३० करोड भन्दा माथि

 आर्थिक खबर     २६ मंसिर २०८०, मंगलवार १८:१७     26 जनाले पढ़िसके



Spread the love

काठमाडौं । शेयर बजार परिसूचक नेप्सेमा मंगलवार दोहोरो अंकको वृद्धि भएको छ ।

आइतवार धेरै बढेर सर्किट नै लागेको बजार सोमवार घटेकोमा मंगलवार फेरि उकालो लागेको हो ।

३६.८६ अंकले वृद्धि हुँदा बजार १९८५.८६ अंकमा पुगेको छ ।

बोटलर्स नेपाल लिमिटेड (बालाजु), धौलागिरि लघुवित्त, नेपाल रिपब्लिक मिडिया र सोना मिनरल्स एन्ड ओएल लिमिटेडको शेयरमा १० प्रतिशतको वृद्धि हुँदा अन्य ७ संस्थाको शेयर मूल्य ९ प्रतिशतभन्दा माथिले बढेको छ ।

सीवाईसीएल लघुवित्तका लगानीकर्ताले सर्वाधिक ५.११ प्रतिशत गुमाएका छन् ।

१ करोड २४ लाख ६३ हजार १६८ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम भने ४ अर्ब ३० करोड ९० लाख नाघेको छ ।