काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज नेप्से सामान्य अंकले घटेको छ । मंगलबार नेप्से परिसूचक २ दशमलव १७ अंकले घटेर १८९४ दशमलव ५३ विन्दुमा पुगेको छ ।
आज २९० कम्पनीका ४७ हजार ३ सय ३३ पटकको कारोबारमा ४७ लाख २७ हजार ९ सय २ सेयर कित्ता किनबेच भएको छ । जसमा कारोबार रकम भने १ अर्ब २८ करोड २२ लाख रहेको छ ।
त्यस्तै, आज कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ८६ अंकले घटेर ३६१ दशमलव ८५ विन्दुमा पुगेको छ ।