अमेरिकी डलर अहिलेसम्मकै उच्च

 आर्थिक खबर     २०८०, ६ मंसिर बुधबार १७:११     161 जनाले पढ़िसके



Spread the love

काठमाडौँ, अमेरिकी डलर बलियो हुँदा नेपाली मुद्रा कमजोर भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार बुधबार अमेरिकी डलरको खरिद दर १ सय ३३ रुपैयाँ ८ पैसा र बिक्रीदर १ सय ३३ रुपैयाँ ६८ पैसा पुगेको छ। डलरको भाउले नयाँ रेकर्ड कायम गरेको छ। राष्ट्र बैंकका अनुसार यो सटही दर हालसम्मकै उच्च हो।

यसअघि गत कात्तिक २५ गते डलरको भाउ १ सय ३३ रुपैयाँ ६५ पैसा पुगेर नयाँ रेकर्ड कायम गरेको थियो। आज बुधबार त्यो रेकर्डलाई ब्रेक गर्दै नयाँ रेकर्ड कायम भएको छ। डलरको सटही दर धेरै हुँदा विदेशबाट आउने रेमिट्यान्सबाट फाइदा हुन्छ। तर, नेपालको अर्थतन्त्र आयातमा आधारित भएकाले वस्तु आयात गर्दा डलर भुक्तानी गर्नुपर्ने भएकाले घाटा हुन्छ।