काठमाडौंः चालु साताको अन्तिम कारोबार दिन आज (बिहीबार) सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ ।
तीन दिन उकालो लागेको सेयर बजार मापक नेप्से परिसूचक ११.८५ अंक घटेर १८५२.०८ विन्दुमा झरेको छ । सेन्सेटिभ इण्डेक्स १.३६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.६७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४५ अंक घटेको छ।
२८२ स्टकको २७ हजार ८४५ पटकको कारोबारमा ८३ करोड ६० लाख ५ हजार रुपैयाँ बराबरको २८ लाख ३३ हजार कित्ता सेयर किनबेच भएको छ ।
१९९ स्टकको मूल्य घटेको छ भने ७२ स्टकको मूल्य बढेको छ । बाँकी ११ स्टकको मूल्य भने स्थिर छ।