आज सुनको भाउ हालसम्मकै उच्च

 आर्थिक खबर     १२ कार्तिक २०८०, आईतवार १५:०८     41 जनाले पढ़िसके



Spread the love

काठमाडौँ। आज आइतबार स्थानीय बजारमा सुनको भाउले रेकर्ड बनाएको छ।

आज सुनको मुल्य प्रतितोला १ लाख १७ हजार रुपैयाँ कायम भएको छ। यसअघि गत शुक्रबार मात्रै हालसम्मकै उच्च १ लाख १६ हजार रुपैयाँमा कारोबार भएको थियो। शुक्रवार भन्दा आज थप १ हजारले सुनको भाउ कायम भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मुल्य प्रतितोला १ लाख १६ हजार ४५० रुपैयाँ कायम भएको छ।

त्यसैगरी यसदिन चाँदी तोलामा १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

अन्तराष्ट्रिय बजारमा मूल्य बढेपछि त्यसको असर स्थानीय बजारमा पर्न गएको हो।