सुनको भाउमा आज पनि गिरावट, कति छ त प्रतितोला ?

 आर्थिक खबर     १५ आश्विन २०८०, सोमबार १४:२४     58 जनाले पढ़िसके



Spread the love

काठमाडौं । नेपाली बजारमा सुनको भाउमा निरन्तर गिरावट आएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबारको बजारमा प्रतितोला १ लाख ८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ सोमबारको बजारमा प्रतितोला सय रुपैयाँले घटेर १ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी तेजावी सुन प्रतितोला १ लाख ७ हजार ४०० र चाँदी प्रतितोला १३४० रुपैयाँमा कारोबार भइरहेको छ ।