तोलामै हजार रुपैयाँले घट्यो सुन आज

 आर्थिक खबर     २८ भाद्र २०८०, बिहीबार १६:०१     52 जनाले पढ़िसके



Spread the love

बिहीबार नेपाली बजारमा सुनको मूल्य एक हजार रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले मूल्य घटेर १ लाख ११ हजार दुई सय रुपैयाँ कायम भएको छ ।

बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य स्थिर छ । तेजाबी सुन प्रतितोला १ लाख १० हजार ६ सय ५० रुपैयाँ रहेको छ ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेको छ । चाँदीको मूल्य प्रतितोला १३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला तोलामा १३ सय ९० रुपैयाँ कायम थियो ।