नेप्सेमा आज ४१.०६ अंकको वृद्दि

 शेयर बजार     २४ श्रावण २०८०, बुधबार १६:३४     69 जनाले पढ़िसके



Spread the love
काठमाडौं । लगातार घटिरहेको शेयर बजार आज उच्च अंकले बढे पनि कारोबार रकममा भने उत्साह देखिएन । लगातार २ सय ७ अंक घटेर बजार थामिएको हो ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४१.०६ अंकले बढेको हो । २.०३ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २०६०.९१ अंकमा उक्लिएको छ ।
आज २६५ कम्पनीका ५० लाख १० हजार ७ सय १६ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८८ करोड ८३ लाख २६ हजार ४ सय ६९.६२ रुपियाँ बराबरको कारोबार भएको हो ।
बजार बढेको दिन आज हिमालयन लघुवित्त, सुपर मादी हाइड्रो, मनकामना स्मार्ट लघुवित्त र मन्दाकिनी हाइड्रोका लगानीकर्ताले क्रमशः ९.८३, ९.७५, ९.५७  र ९.३९ प्रतिशतले नाफा कमाए । यता सेञ्चुरी डिबेञ्चरका लगानीकताहरुले सबैभन्दा बढी ९.९९ प्रतिशतले घाटा व्यहोरे ।
आज पनि आईएमई लाइफको उच्च कारोबार भयो । उक्त कम्पनीको १५ करोड ५० लाख २६ हजार २ सय २.२० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
साताको पहिलो दिन आइतबार ३८.३७ अंकले बजार घट्दा २ अर्ब ६८ करोड ७१ लख ४८ हजार २ सय ३४.५५ रुपियाँ, सोमबार ३.२१ अंकले बजार घट्दा २ अर्ब ३३ करोड ३५ लाख ७३ हजार २ सय ९७.९८ रुपियाँ र हिजो मंगलबार २०.४० अंकले बजार घट्दा १ अर्ब ७३ करोड ७० लाख १४ हजार ४ सय ९९.५६ रुपियाँबराबरको कारोबार भएको थियो ।