सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

 आर्थिक खबर     २०८०, ३१ असार आईतवार ११:३२     100 जनाले पढ़िसके



Spread the love

काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। आइतबार सुनको मूल्य प्रति तोला १ लाख १२ हजार २ सय रुपैयाँ कायम भएको छ।

शुक्रबार प्रति तोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज ३ सयले घटेर प्रति तोला १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, तेजाबी सुनको मूल्य १ लाख ११ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ।

यता, चाँदीको मूल्य स्थिर रहेको छ। शुक्रबार प्रति तोला १ हजार ४ सय ८० रुपैयाँमा कारोबार भई रहेको चाँदी आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भईरहेको छ।