आज एकैदिन प्रतितोला नौ सय रुपैयाँ बढ्यो सुनको भाउ

 आर्थिक खबर     २०८०, २३ जेष्ठ मंगलवार ११:०५     89 जनाले पढ़िसके



Spread the love

मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ।

गत कारोबार दिन अर्थात् सोमबार स्थिर रहेको सुनको मूल्य यस दिन प्रतितोला नौ सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।

 

सोमबार चाँदी प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।