एनबीएको निर्णय– ब्याजदर एकल अंकमा झार्ने

 आर्थिक खबर     २०७९, २९ चैत्र बुधबार ११:५१     152 जनाले पढ़िसके



Spread the love

नेपाल बैंकर्स एशोसिएसन(एनबीए)ले ब्याजदर घटाउने निर्णय गरेको छ । एनबीएको बैठकमा बैंकका सीइओहरुबीच निक्षेपको ब्याजदर घटाउने सहमति भएको जनाइएको छ।

व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर १० प्रतिशतले घटाउने निर्णय भएको बुझिएको छ। उक्त निर्णयसँगै अब मुद्दति निक्षेपको ब्याजदर एकल अंकमा झरेको छ ।

अब एक वर्षे अवधिको मुद्दति निक्षेपको ब्याजदर ११ प्रतिशतबाट घटेर ९.९ प्रतिशतमा झरेको एनबीएकोले जनाएको हो। योसँगै संस्थागत मुद्दति निक्षेपको ब्याजदर ७.९९ प्रतिशत कायम भएको छ । यस्तै, बचतको ब्याजदर ५.४ देखि ७.४ प्रतिशत कायम भएको छ ।