कुखुराको मासुको मूल्य फेरि बढ्यो : नेपाल राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघ

 संवाददाता    २०७८, २७ फाल्गुन शुक्रबार २०:०१     220 जनाले पढ़िसके



Spread the love

काठमाडौं । नेपाल राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघकाअनुसार शुक्रबारबाट जिउँदो ब्रोइलर कुखराको प्रतिकिलो कोल्ड स्टोर मूल्य ३०० सय रुपैयाँ पुगेको छ । ब्रोइलर कुखुरा उत्पादकहरुले एक सातामै दोस्रो पटक कुखुराको मासुको मूल्य बढाएका छन् ।‘सोमबार २८० बाट ९० पुग्यो, आज ९० बाट १० रुपैयाँ बढेर ३०० रुपैयाँ पुगेको छ, बजारमा कुखुरा अभाव छ,’ संघका सचिव देवकुमार गिरीले भने ।