देशैभरि गर्मी बढ्दै, आज धनगढीमा तापक्रम ३७ डिग्री पुग्ने अनुमान

 संवाददाता    २०८२, ३ बैशाख बुधबार ११:१४     177 जनाले पढ़िसके



Spread the love

आज पनि बिहानैदेखि देशका धेरै ठाउँको मौसम बदली छ।

आज ताप्लेजुङ, जिरी, काठमाडौँ, पोखरा, डडेलधुरा सहितका सहरमा हल्का पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

विगत केही दिनयता देशभरको तापक्रम पनि बढ्दै गएको छ।

आज धनगढीको तापक्रम सबैभन्दा बढी हुने अनुमान महाशाखाको छ। धनगढीमा आज दिउँसो अधिकतम तापक्रम ३७ डिग्रीसम्म पुग्ने अनुमान छ।

आज सबैभन्दा कम तापक्रम मुस्ताङको जोमसोम र दोलखाको जिरीमा मापन हुने अनुमान छ। त्यहाँ आज राति पाँच डिग्री सेल्सियसम्म तापक्रम झर्ने अनुमान महाशाखाले गरेको छ।