नेपाल पछाडि पर्नुपर्ने कुनै कारण छैन : प्रधानमन्त्री ओली

 संवाददाता    २०८१, २१ माघ सोमबार १३:०९     266 जनाले पढ़िसके



Spread the love

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पछाडि पर्नुपर्ने कुनै कारण नरहेको बताएका छन्। काठमाडौँमा आयोजित युवासँग अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालको इतिहास गौरवपूर्ण रहेको र अब नेपाल पछाडि पर्नुपर्ने कुनै कारण नरहेको बताएका हुन्।

‘हिजोको हाम्रो इतिहास गौरववपूर्ण छ। अलिकति समय हामी पछाडि पर्‍यौँ। अब हामी पछाडि पर्नुपर्ने कुनै कारण छैन। सबै टेक्नोलोजी एभाइलेभल छ। स्पेस टेक्नोलोजी होस्, एआई टेक्नोलोजी होस्, अरु टेक्नोलोजी होस् सबै छ। आज ९-१० मा पढ्ने विद्यार्थीले साइन्सका जुन डेमोहरू गर्दछन्, आश्चर्य लाग्दा डेमोहरू गर्दछन्,’ उनले भने, ‘११-१२ मा पढ्ने विद्यार्थीले स्पेस साइन्समा साना-साना रकेटहरू छोड्छन्। अन्तरिक्षमा हामी स्याटलाइट पठाउन सक्छौँ भन्छन्। हामी पछाडि पर्नुपर्ने कुनैपनि कारण छैन। हामीले आत्मविश्वास राख्नुपर्दछ।’

केही समय नेपाल पछाडि परेको भए पनि अब प्रविधिको प्रयोग र विकासबाट नेपाल अरु मुलुकभन्दा अगाडि जानसक्ने अवस्थामा पुगेको उनको दाबी छ। उनले नेपालमा सबैखाले विकास गर्नका लागि प्रविधिको पहुँच रहेको र नेपाली युवाहरूले देश विकासका लागि प्रविधिको माध्यमबाट धेरै कुराहरू गर्नसक्ने बताए।