बागमती प्रदेशसभाको बैठक बस्दै

 संवाददाता    २०८१, १८ माघ शुक्रबार ११:३०     59 जनाले पढ़िसके



Spread the love

बागमती । बागमती प्रदेशसभाको बैठक आज (शुक्रबार) हुँदैछ ।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज बिहान ११ बजेका निम्ति आह्वान गरेका हुन् ।

प्रदेश सरकारले ‘प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’, ‘प्रादेशिक व्यापार तथा व्यवसायी सम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ र ‘मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ प्रदेशसभामा दर्ता भएका छन् ।