अनेरास्ववियू क्रान्तिकारीको महासचिवमा रोशन थापामगर विजयी

 संवाददाता    २०८१, १६ माघ बुधबार १५:३९     101 जनाले पढ़िसके



Spread the love

नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीको महासचिवमा रोशन थापामगर निर्वाचित भएका छन्।

उनले ५९६ मत ल्याएर महासचिव पदमा विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सञ्जयकुमार महतोले भने ४०५ मत पाए।

थापामगर अध्यक्षका उम्मेदवार हेमन्त राई प्यानलका हुन्। यो समूह नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मानिकट मानिन्छ।