काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.) ले सचिवालय बैठक बोलाएको छ ।
सचिवालय बैठक पार्टी कार्यालय वनस्थलीमा सोमबार बस्नेगरी बोलाइएको हो । बैठक सोमबार बिहान साढे ११ बजे बस्ने छ ।
समसामयिक राजनीति र पार्टी गतिविधि, विभिन्न नियमावलीहरू र नयाँ नियमावलीहरु प्रस्तावका बारेमा छलफल गर्न रास्वपाले बैठक बोलाएको हो ।
बैठकमा संसदको हिउँदे अधिवेशन, सातै प्रदेशमा विशेष भेटघाट कार्यक्रम, स्वतन्त्र जनप्रतिनिधिहरूको रास्वपा आवद्धता हुने विषय, सल्लाहकार परिषद् र केन्द्रीय संगठन विभागमा मनोनयनको एजेन्डा पनि रहेको बताइएको छ ।