बढ्यो काठमाडौंको न्यूनतम तापक्रम

 संवाददाता    २०८१, १३ माघ आईतवार ०७:१७     133 जनाले पढ़िसके



Spread the love

काठमाडौंको न्यूनतम तापक्रम शनिबारको तुलनामा आइतबार बढेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखका अनुसार बिहान ५:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियस मापन भएको छ।

शनिबार न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस मापन भएको थियो।

आइतबार बिहान काठमाडौंको आकाश बादलले ढाकेका कारण न्यूनतम तापक्रम केही बढेको मौसमविद् प्रतिभा मानन्धरले बताइन्।

‘बिहान बादल भएका कारण न्यूनतम तापक्रम घट्न पाएन,’ उनले भनिन्।

काठमाडौंमा आज दिनभरि आंशिक बदलीको हुने पनि उनले बताइन्।

‘घाम लाग्ने र बादल लाग्ने भइरहन्छ। वर्षाको सम्भावना भने छैन,’ मौसमविद् मानन्धरले भनिन्।

काठमाडौंमा आज अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेल्सियसकाबीच रहने पूर्वानुमान छ।

एक सातामा कति घटबढ भयो?

 

एक साताअघि गत आइतबार काठमाडौंको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस मापन भएको थियो।

त्यसपछि सोमबार ४.४, मंगलबार ६ र बुधबार ६.६, बिहीबार ६.२, शुक्रबार ६.१ र शनिबार ५.४ डिग्री सेल्सियस मापन भएको थियो।