‘दलितलाई खै’ भन्दै भृकुटीमण्डपदेखि निर्वाचन आयोगसम्म प्रदर्शन

 संवाददाता    २०८१, ९ माघ बुधबार १५:२०     94 जनाले पढ़िसके



Spread the love

सरकारले लामोसम्म पनि आफ्ना मागप्रति बेवास्ता गरेको भन्दै दलितका लागि दलित अभियान, नेपालले सडक प्रदर्शन गरेको छ।

सडकमा बसेर ४५ दिनसम्म उठाएको मागप्रति सरकारले कुनै वास्ता नगरेको भन्दै अभियानले बुधबार भृकुटीमण्डपदेखि निर्वाचन आयोगसम्म र्‍याली निकालेको हो।

दलितलाई खै भन्दै निकालिएको र्‍यालीमा दलितको प्रतिनिधित्व हुनेगरी निर्वाचन कानुनको माग गरिएको छ।