आजीवन कैदको व्यवस्था कानुनमा राख्न हुँदैन : महान्यायाधिवक्ता बडाल

 संवाददाता    २०८१, ८ माघ मंगलवार १५:५४     79 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । महान्यायाधिवक्ता रमेश बडालले आजीवन कैदको व्यवस्था कानुनमा राख्न नहुने धारणा राखेका छन् । मंगलबार संघीय संसद्को कानुन समितिमा बोल्दै उनले यो कानुनी व्यवस्था परिवर्तन हुनुपर्ने तर्क गरेका हुन् ।

कुनै एक कैदीलाई जन्मभर कैदमा राख्दा कारागारभित्र थ्रेट महसुस भएको उनले बताए ।

उनले भने,‘आजीवन कारावासले समस्या भइरहेको छ । जन्मभर कैद हुने पछि अनुशासनमा बस्न नपर्ने मानसिकता विकास भई आन्तरिक अनुशासनमा थ्रेट महसुस हुन थालेको छ ।’

महान्यायाधिवक्ता बडालले यस्ता मुद्दामा छुट पनि नहुने भएकाले समस्या देखिएको बताए । ‘अब म कहिल्यै पनि वा नमरेसम्म बाहिर निस्कन्न भन्ने भएपछि मानसिकता नै फरक हुने अध्ययनमा देखियो,’ उनले भने, ‘म कुनै दिन राम्रो र असल चाल चलन देखार छुट पाएर निस्कन्छु भन्ने भएमा फरक व्यवहार हुने देखियो । उनले आजीवन कैदमा ३० वर्ष कैदको व्यवस्था गर्न उपयुक्त हुने सुझाव दिए ।