आदिबासी जनजाति पत्रकार महासंघ सर्लाहीको अध्यक्षमा पुन: घनश्याम बलम्पाकी मगर

 संवाददाता    २०८१, २६ पुष शुक्रबार १४:४१     185 जनाले पढ़िसके



Spread the love

सर्लाही ।आदिबासी जनजाति पत्रकार महासंघ सर्लाहीको अध्यक्षमा पुन: घनश्याम बलम्पाकी मगर सर्ब सम्मत चयन भएका छन ।

हरिवन बजार मा रहेको सामुदायिक रेडियो सर्लाहीको सभाहल बिहिबार सम्पन्न चौथो जिल्ला अधिवेशनले पुनः बलम्पाकीको अध्यक्षतामा ७ सदस्य जिल्ला कमिटी सर्ब सम्मत चयन गरेको हो ।
मधेश प्रदेश सभा सदस्य एवं पुर्ब खानेपानी तथा सिचाई मन्त्री मन्त्री बेची लुङ्गेलीको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको थियो ।
अधिबेशन बाट नया तिन बर्षे कार्यकाल का लागी चयन भएका पदाधिकारी हरु अधिकांश दोहरिएका छन । अधिवेशनले संघको उपाध्यक्षमा रिना आले, सचिवमा राजु लो तामाङ, सहसचिवमा सलिना मगर, कोषाध्यक्षमा चन्द्र बहादुर जिम्बा तामाङ र सदस्यहरूमा राजेश थापा मगर र सुमन लामा (सोनाम)लाई चयन गरेको छ । त्यस्तै केन्द्रीय प्रतिनिधिमा कृष्ण कुमार एस्माली र तेज नारायण आले चयन भएका छन् ।
अधिबेशन कार्यक्रममा नेकपा एकिकृत समाजबादीका सर्लाहीका अध्यक्ष सुरेन्द्र लामा, फोनिजका केन्द्रीय विधान समिति सदस्य शङ्कर श्रेष्ठ, फोनिज मधेस प्रदेश निवर्तमान अध्यक्ष प्रमेश बादे, रेडियो सर्लाहीका अध्यक्ष भरत कुमार कार्की, नेकपा एस सर्लाहीका उपसचिव धन बहादुर मिक्चन, प्रेस सेन्टर नेपालका सर्लाही अध्यक्ष श्रवण थापा, प्रेस चौतारीका अध्यक्ष अच्युतम सापकोटा, पत्रकार महासङ्घका निवर्तमान अध्यक्ष टंक बहादुर क्षेत्री, नेपाल तामाङ पत्रकार सङ्घ सर्लाहीका सहसचिव प्रदिप भोलन लगायतको आतिथ्यता रहेको थियो ।
चयन भएका पदाधिकारी तथा केन्द्रिय प्रतिनिधि हरुलाई प्रमुख अतिथि अतिथि लगायत ले खादा टिका लगाएर बधाई दिनु को साथै कार्यकाल पुर्ण सफलता को शुभकामना ब्यक्त गर्नु भएको थियो ।